
जुनेलीले ल्यायो १०० डेज फर १०० ग्राहक योजना, क्लाउड सिस्टममा ७० प्रतिशत छुट
प्रविधि कम्पनी जुनेली इंक प्रालिले आफ्नो फ्याल्गसिप पोडक्क ३६० कोर बैंकिङ सिस्टममा भारी छुटको घोषणा गरेको छ । ‘१०० डेज फर १०० ग्राहक योजना’ मार्फत कम्पनीले मंसिर २४ गतेदेखि चैत ५ गतेसम्मका लागि फाइनान्स, माइकोफाइनान्स र सहकारी संस्थाहरूलाई क्लाउड सिस्टममा ७० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
कम्पनीका अनुसार ३६० कोर बैंकिङ सिस्टम एक सुरक्षित बैंकिङ सिस्टम भएको कम्पनीको दाबी छ । यसमा आरटीफीसीयल इन्टेलीजेन्सको प्रयोगले ग्राहकलाई सेवा गर्न सहयोग गर्ने बताइएको छ ।
३६० सीबीएसको आफ्नै विश्वासिलो इको सिस्टम छ भने जसबाट मोबाइल बैङ्किङ,मोबाइल टेलर र एटीम सेवाहरू उपलब्ध छ । जुनेलीद्वारा डेभलप गरिएको सो सिस्टम म्यानमार र बङ्गलादेशको माइक्रो फाईनान्समा पनि प्रयोग भइरहेको बताइएको छ । नेपालको हकमा यो सिस्टम हालसम्म ३३ जिल्लाका करिब ३७० को हाराहारीका सहकारीहरूले उपयोग गरिराखेका छन्।
३६० कोर बैङ्किङ सिस्टम र अन्य जुनेली इंकको प्रोडक्टहरु कम्पनीको सेल्स डिपाटमेन्टबाट किन्न या बुकिङ गर्न सकिने जनाइएको छ ।