
फोनबाटै पसलको अकाउन्टिङ-इन्भेन्ट्री व्यवस्थापनसँगै बिलिङ गर्न मिल्ने जुनेली
मोबाइलबाट साना तथा ठुला सबै व्यवसायको लेखा, स्टोर तथा इन्भेन्ट्री व्यवस्थापनसँगै बिल समेत जारी गर्न सकिने जुनेली ट्रेडिङ अकाउन्टिङ सफ्टवेयर सार्वजनिक भएको छ ।
कम्पनीले सफ्टवेयर सार्वजनिक भएको अवसरमा आगामी १५ मंसिरसम्मका लागि १५ प्रतिशत छुट समेत दिनेछ । यो सफ्टवेयर निर्माता जुनेली इंक विगत सात वर्षदेखि नेपालसहित म्यानमार र बङ्गलादेशमा रहेका लघुवित्त कम्पनीहरूका लागि कोर बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । पूर्ण परीक्षण पश्चात् जुनेलीको जनरल अकाउन्टिङ सफ्टवेयर बजारमा ल्याइएको छ।
यो सफ्टवेयर अफलाइन (कम्प्युटरमा इन्स्टल गरेर प्रयोग गर्न मिल्ने) का साथै क्लाउड र मोबाइल एपको भर्सनमा समेत उपलब्ध छ । जसमा अकाउन्ट म्यानेजमेन्ट, इन्भेन्ट्री म्यानेजमेन्ट (बिलको आधारमा ट्रयाकिङ गर्न मिल्ने सहित), आयात तथा निर्यात व्यवस्थापन, पोइन्ट अफ सेल्स (पीओएस), बिलिङ जस्ता फिचरहरू समावेश छन् ।
यसका साथै ट्रायल ब्यालेन्स, ब्यालेन्स शिट, नाफा तथा घाटा, भ्याट दर्ता, खरिद अर्डर, डेलिभरी नोट, सेल्स अर्डर, रिसिप्ट नोट, इन्भेन्ट्री एड्जस्टमेन्ट आदि रिपोर्ट समेत यसमा छन् । पहिलो पल्ट सफ्टवेयर लिन चाहने ग्राहकलाई क्लाउडका लागि ८० हजार रुपैयाँ र अफलाइनका लागि ५० हजार रुपैयाँ पर्ने छ । क्लाउड लिने ग्राहकलाई सोही रकममा मोबाइल एपको सुविधा पनि प्राप्त हुने छ ।
एक पल्ट सफ्टवेयर खरिद गरिसकेपछि वार्षिक रूपमा नवीकरण बापत अफलाइनका लागि पाँच हजार रुपैयाँ र क्लाउडका लागि १२ हजार रुपैयाँ शुल्क लाग्नेछ । यो सफ्टवेयर विशेषगरी मार्ट, पसल, हार्डवेयर, सुपरमार्केट, होटेल, रेस्टुरेन्ट, क्यान्टिन र म्यानुफ्याक्चरिङ जस्ता साना ठुला सबै जसो व्यवसायहरूको लागि उपयुक्त छ।