विदेशी टेक कम्पनीलाई चुनौती दिँदै जुनेली इंक : अब नेपालले तिर्ने छैन विदेशी डलर

विदेशी टेक कम्पनीलाई चुनौती दिँदै जुनेली इंक : अब नेपालले तिर्ने छैन विदेशी डलर

नेपाल पनि सूचना प्रविधिमा कहाँ पछाडि छ र ? यही बजारमा जन्मिएका जुनेली इंकजस्ता आईटी कम्पनी पनि अन्तर्राष्ट्रिय टेक कम्पनीभन्दा पछाडि छैनन् ।

२०७१ सालमा एउटा सपना बोकेर सुरु भएको ‘जुनेली इन्क’ आज वित्तीय प्रविधिको क्षेत्रमा एउटा विश्वसनीय नाम बनेको छ ।

म्यानमारमा माइक्रोफाइनान्सलाई डिजिटलाइज गरेर साना व्यवसायीलाई आर्थिक स्वतन्त्रता दिलाउने बाटो खोल्दा कसैले पनि सोचेको थिएन कि यही यात्रा केही वर्षमै बंगलादेशहुँदै नेपालसम्म बल्लियो टेक कम्पनीका रूपमा उदाउनेछ भनेर ।

नेपालमा २०७४ सालदेखि प्रविधिसम्बन्धी सफ्टवेयर बनाउन थालेको जुनेलीले छोटो समयमा नै ३३ जिल्लाका ३६७ सहकारी संस्थासँग सहकार्य गर्दै हजारौँ व्यवसायी र समुदायलाई डिजिटल वित्तीय सेवामा जोडिसकेको छ ।

जुनेलीका प्रमुख उपलब्धिहरू

३६० कोर बैंकिङ सफ्टवेयर– बचत, ऋण, भुक्तानीदेखि प्रतिवेदनसम्म सबै कार्यलाई एउटै प्लेटफर्ममा ल्याउने आधुनिक प्रणाली । सुरक्षा, दक्षता र नियामकीय मापदण्ड दुवै सुनिश्चित ।

जुनेली ट्रेडिङ सिस्टम– खुद्रा पसल, रेस्टुरेन्ट र व्यवसायका लागि पिओएस एकीकरण, भण्डार व्यवस्थापन र वास्तविक समयको वित्तीय निगरानी गर्ने । तर, जुनेलीको यात्रा यतिमा रोकिएको भने छैन ।  

कम्पनीले पछिल्लो पल्ट विदेशी रिमोट डेस्कटप सफ्टवेयर प्रयोग गर्दा महिनामा सयौँ डलर तिर्नुपर्ने बाध्यता तोड्न, नेपाली बजारमा अर्को  क्रान्तिकारी उत्पादन पस्किएको छ ।  मल्टिपल डेस्क नेपालमै बनेको रिमोट डेस्कटप एप ।

सिर्फ दुई साताको सफ्ट लन्चमै ८ हजारभन्दा बढी डाउनलोड । भारत, चीन, रुस र तुर्कमेनिस्तानसम्म प्रयोग सुरु ।  

एईएस २५६– बिट इन्क्रिप्सन, डिजिसर्ट ईभी लाइसेन्स र जिरो–नलेज मोडजस्ता सुरक्षा सुविधाले डेटा नेपालकै सर्भरमा सुरक्षित ।

हाल प्रिमियम भर्सनमा दैनिक २ जिवी डेटा ट्रान्सफर, च्याट सुविधा, अडिट लग, सेसन रेकर्डिङ, मल्टिडिभाइस एक्सेस, डबल–फ्याक्टर अथेन्टिकेसन उपलब्ध छन् ।

२०२५ भित्र लिनक्स र एन्ड्रोइड भर्सन, साथै भिडियो मिटिङ सुविधा थप्ने योजना रहेको थेबेको भनाइ छ । कम्पनीका सीईओ अपार थेबे भन्छन्, ‘नेपालबाट हरेक वर्ष रिमोट डेस्कटप सेवाबापत १० लाख डलरभन्दा बढी पैसा बाहिर जान्छ । मल्टिपल डेस्कले त्यो पैसा देशमै बचत गर्न सक्छ ।’

यसरी, सानो सुरुवातबाट सुरु भएको जुनेली इंक आज नेपालमा बैंकिङदेखि व्यवसाय र रिमोट वर्कसम्म डिजिटल आत्मनिर्भरताको प्रतीक बनेको छ । त्यसमा पनि जुनेलीले भविष्यलाई अझ ठूलो सपना बनाएको छ । र त मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, एटीएम, ट्याब बैंकिङदेखि मोबाइल टेलरसम्म सम्पूर्ण डिजिटल च्यानल एउटै प्लेटफर्ममा उपलब्ध गराउने लक्ष्यसहित अगाडि बढिरहेको छ ।